विद्यालय कर्मचारी र सरकारबीच ५ बुँदे सहमति भएपछि आन्दोलन स्थगित

विद्यालय कर्मचारी र सरकारबीच ५ बुँदे सहमति भएपछि आन्दोलन स्थगित

काठमाडौँ । विद्यालय कर्मचारी र सरकारबीच सहमति भएको छ । सहमति भएसँगै आन्दोलन गर्दै विद्यालय कर्मचारीहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

विद्यालय कर्मचारीहरूले उठान गर्दै आएका ५ बुँदे माग सम्बोधन गर्ने विषयमा सहमति भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उनीहरूले उठान गरेका मागहरू सम्बोधन गर्ने गरी सहमति गरेको नेपाल विद्यालय कर्मचारी परिषद्ले जनाएको छ । सहमति अनुसार माग पूरा गराउन अर्थ मन्त्रालयलाई लेखी पठाउने समेत निर्णय गरिएको छ ।

सहमति अनुसार विद्यालय कर्मचारीको तलबमान कायम गर्ने विषयलाई संघीय शिक्षा ऐनमा समावेश गरिने भएको छ । विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले ऐन निर्माणका लागि सरकारले संघीय संसद्को यही अधिवेशनमा पेस गर्ने र ऐनमै तलबमान उल्लेख गर्ने सहमति भएको बताए ।