एलओडीका संचालक सुवाल र  श्रेष्ठ  पक्राउ, नाबालिगलाई क्लब प्रवेश गराएको आरोप

एलओडीका संचालक सुवाल र  श्रेष्ठ  पक्राउ, नाबालिगलाई क्लब प्रवेश गराएको आरोप

काठमाडौं । एलओडीमा गएकी १६ वर्षीय नाबालिग बलाकृत भएको विषय सार्वजनिक भएपछि संचालक राजु सिंह सुवाल र रुदिल बल्ल श्रेष्ठ पक्राउ परेका छन् । काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी लर्ड अफ ड्रिंक्सका सञ्चालक सुवाल र श्रेष्ठलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको एक टोलीले पक्राउ गरेको हो ।

उमेर नपुगेको व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिबिक्रम शाहले जानकारी दिए । सञ्चालक श्रेष्ठलाई शुक्रबार बिहान कुपण्डोलबाट पक्राउ गरिएकोजिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । 

प्रहरीले लर्ड अफ ड्रिंक्स क्लबका दुई सञ्चालकविरूद्ध पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरसँग अनुमति लिएको थियो। कम्पनी रजिस्ट्रार कार्यालयमा उनीहरुको नाम भएको आधारमा उनीहरुलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ । गत जेठ ३१ गते राति ललितपुरको बागडोलमा १६ वर्षीया नाबालिगको बलात्कार भएको प्रहरीले जनाएको छ । त्यसको भोलिपल्टै जेठ ३२  गते नाबालिगले प्रहरीलाई जानकारी दिएपछि आरोपी पोखराका ५० वर्षीय सुदन कोइराला पक्राउ परेका थिए। उनी बागडोलमा एक प्राइभेट कम्पनी चलाएर बसेका थिए। प्रहरी स्रोतका अनुसार नाबालिगलाई कोइरालाले एलओडी क्लबमा भेटेका थिए। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 


 

छुटाउनुभयो कि ?