सोलुखोला दूधकोशी आयोजनामा कार्यरत दुई इन्जिनियरको मृत्यु

सोलुखोला दूधकोशी आयोजनामा कार्यरत दुई इन्जिनियरको मृत्यु

काठमाडौं । सोलुखम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दुधकोशी जलविद्युत आयोजनामा कार्यरत दुई इन्जिनियरको मृत्यु भएको छ ।

आइतबार आयोजनाको पेनस्टक पाइप पड्किएर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुने इन्जिनियहरुमा अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापा रहेको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए ।

आइतबार परीक्षणका क्रममा सो पाइपमा पानी हालेपछि पड्किएको थियो । घटनामा वेहोस भएका उनीहरुलाई खराव मौसमका कारण समयमा उद्धार गर्न नसक्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि ओखढुंगाको मिसन अस्पताल पु¥याइएकोमा त्यही नै उनीहरुलाई मृत घोषणा गरिएको थियो । घटनामा घाइते भएका अर्का एक इन्जिनियरको भने काठमाडौंमा उपचार भइरहेको बुझिएको छ ।