विप्लव निकटको विद्यार्थी संगठनले लगाए विद्यालयमा ताला

विप्लव निकटको विद्यार्थी संगठनले लगाए विद्यालयमा ताला

अर्घाखाँची । नेत्रविक्रम चन्द नेतृत्व विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले विद्यालयमा ताला लगाएका छन् । 
विद्यालयले विद्यार्थीहरुसँग विगतमा गरेको सहमति कार्यान्वयन नगरेको भन्दै अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ पिपलनेटामा रहेको विश्व माध्यमिक विद्यालयको प्रशासन कक्षमा ताला लगाएका हुन् । 

विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको, हिसाव पारदर्शी नगरेको भन्दै यसअघि पनि अखिल क्रान्तिकारीकै नेतृत्वमा विद्यार्थी आन्दोलित भएका थिए । तर त्यतिबेला सहमतिमा आन्दोलन स्थगित भएको थियो ।

केहीदिनमा हिसाव पारदर्शी बनाउने सहमति भएपनि एक वर्ष वित्न लाग्दा समेत विद्यालय प्रशासनले वेवास्ता गरेको भन्दै विद्यार्थीहरुले ताला लगाएको क्रान्तिकारीका जिल्ला अध्यक्ष बाबुराम एसकेले जानकारी दिए ।

अध्यक्ष एसकेकै नेतृत्वमा विद्यालयमा ताला लगाइएको थियो । अझै पनि आफूहरुको मागलाई वेस्ता गरे परिणाम भोग्न तयार हुन विद्यार्थीहरुले चेतावनी समेत दिएका छन् । उनीहरुले विद्यालयमा अनियमितता भएको आरोप लगाएका छन् ।