मीनेन्द्र रिजालको राजीनामा स्वीकृत, प्रधानमन्त्रीले नै मन्त्रालय सम्हाल्ने

मीनेन्द्र रिजालको राजीनामा स्वीकृत, प्रधानमन्त्रीले नै मन्त्रालय सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १४ धौं महाधिवेशनमा महामन्त्रीमा पराजित भएसँगै पदबाट राजीनामा दिएका रक्षामन्त्री डा. मीनेन्द्र रिजालको राजीनामा स्वीकृत भएको छ ।

महामन्त्रीमा पराजित भएसँगै गत बिहीबार पदबाट राजीनामा दिएका मन्त्री रिजालको राजीनामा आज सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी हुन् ।

रिजालले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएका हुन् । 

राजीनामा स्वीकृतसँगै सो मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेर बहादुर देउवाले नै सम्हाले भएका छन् ।