विवाह दर्ता गर्न तीन हजार घुस माग्ने वडा सचिव पक्राउ

विवाह दर्ता गर्न तीन हजार घुस माग्ने वडा सचिव पक्राउ

रुपन्देही । विवाह दर्ता गराउन पुगेका सेवाग्राहीसँग तीन हजार रुपैयाँ घुस लिने रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ का सचिव (नायव सुब्बा) पक्राउ परेका छन् ।

नासु मोहम्मद सिद्दिकलाई घुस लिएको रकमसहित शुक्रबार अख्तियार दुुरुपयोग अनुुसन्धान आयोगको कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो ।  

विवाह दर्ता प्रमाणपत्रका लागि सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग तीन हजार रुपैयाँ माग गरेका थिए ।  उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन् ।