नवनिर्वाचित सभापति देउवालाई प्रचण्डको बधाई

नवनिर्वाचित सभापति देउवालाई प्रचण्डको बधाई

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएका शेरबहादुर देउवालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन् । 

प्रधानमन्त्रीसमेत रहेका देउवा  कांग्रेसको १४ औँ महाधिवेशनबाट पुनः पार्टी सभापतिमा निर्वाचित भएपछि टेलिफोनमार्फत प्रचण्डले बधाई दिएका थिए । 

देउवाले निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइराला हराउँदै सभापतिमा दोस्रो पटक निर्वाचित भएका हुन् । 
मंगलबार दोस्रो पटक भएको निर्वाचनमा देउवाले २ हजार ७२४ अर्थात् ५९.५ प्रतिशत मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कोइरालाले १ हजार ८१७ मत ल्याएका हुन् ।