दाङमा जिप दुर्घटना, ३ को मृत्यु

दाङमा जिप दुर्घटना, ३ को मृत्यु

दाङ । तुलसीपुरबाट कपुरकोट जाँदै गरेको यात्रुवाहक जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिलिका–४ का ४८ वर्षीय प्रेमप्रकाश शर्मा, सोही ठाउँका ४६ वर्षीय सौनी घर्ती र ४६ वर्षीय कर्णबहादुर खड्का रहेको  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

गुडीरहेको गाडी आफ्ने ‘स्टार्ट’ बन्द भएर दुर्घटना भएको थियो । रा १ ज ४३८ नम्बरको जिप आइतबार अपराह्नमा तुलसीपुर– ३ सिरखोला नजिकै दुर्घटनामा परेको हो । 

जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।