सांसद र कर्मचारीमा एन्टिजेन परिक्षण गरिने

सांसद र कर्मचारीमा एन्टिजेन परिक्षण गरिने

काठमाडौं । यही मंसिर २८ गतेदेखि संसद अधिवेशन शुरू हुने भएपछि सांसद तथा कर्मचारीहरुमा कोरोना भाइरसको एन्टिजेन परीक्षण गरिने भएको छ । 

सचिवालयले सोमवार बिहान ११ देखि दिउँसो ३ बजेसम्मका लागि  एन्टिजेन परीक्षण समय तोकेको छ । परीक्षण अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल नयाँ बानेश्वरमा हुने सचिवालयले जनाएको छ । 

कोरोना भाइरसको दोस्रो लहरको जोखिम कायमै रहेका बेला फेरि तेस्रो लहरको जोखिम पनि बढेको छ । छिमेकी मुलुका भारतसम्म आईपुगेको कोरोनाको तेस्रो लहर ‘ओमिक्रोन’ले नेपालमा त्रास फैलिएको छ ।