सैनामैनामा श्रीमतीको हत्या गर्ने श्रीमान केही घण्टामै पक्राउ

सैनामैनामा श्रीमतीको हत्या गर्ने श्रीमान केही घण्टामै पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनामा आफ्नै श्रीमतीको हत्या गरी फरार भएका श्रीमानलाई केही घण्टाभित्रै प्रहरीले पक्राउ गरेको छ । सैनामैना नगरपालिका ८ का सन्तबहादुर घर्तीले पारिवारिक विवादका कारण ३६ वर्षीया श्रीमती खुमामाथि खुकुरी प्रहार गरेका थिए । 

शुक्रबार बिहान बुटवल–११ स्थित दिदीको घरमा आएकी खुमालाई सन्तबहादुरले त्यही खुकुरी प्रहार गरेका थिए । 

खुकुरी प्रहारबाट घाँटीमा गम्भिर चोट लागेकी खुमालाई परिवारका सदस्यले फेला परेपछि उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल पु¥याएका थिए । उनको उपचारका क्रममा त्यही मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनापछि फरार रहेका सन्तबहादुरलाई केही घण्टाभित्रै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिए ।