लमजुङमा जीप दुर्घटना, शिक्षक र विद्यार्थीसहित तीनको मृत्यु, नौ घाइते

लमजुङमा जीप दुर्घटना, शिक्षक र विद्यार्थीसहित तीनको मृत्यु, नौ घाइते

पोखरा । विद्यालयबाट भ्रमणका शिक्षक र विद्यार्थी लिएर हिँडेको जीप लमजुङमा दुर्घटनामा परेको छ । दुर्घटनामा एक शिक्षक र दुई विद्यार्थीसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् । 

मर्स्याङ्दी गाउँपालिका वडा नं २ स्थित गणेश माध्यमिक विद्यालयबाट भ्रमणका लागि वडा ९ स्थित भुस्मे डाँडा हिँडेको ग.१ज ६३१७ को जिप गोया खोल्सामा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा शिक्षक कमल थापा, ७ कक्षामा अध्ययनरत प्रमिशा गुरुङ र गणेश भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । 

घाइतेमध्ये २ जनालाई उपचारका लागि चितवन पठाइएको छ भने ७ जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ।
 
जिपमा १६ जना सवार थिए । जीप सडकबाट १२० मिटर तल खोल्सामा खसेको छ ।