ट्राफिक नियम उल्लंघन गरे ‘अन द स्पट’ जरिवाना

ट्राफिक नियम उल्लंघन गरे ‘अन द स्पट’ जरिवाना

काठमाडौं । अबदेखि ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना ‘अन द स्पट’ भुक्तानी गर्न सकिने भएको छ । 

चालकले ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना कारबाही स्थलबाटै भुक्तानी गर्न पाइने भएको हो । 

त्यसका लागि के कसरी भन्नेबारे जानकारी गराउन बिहीबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक कार्यक्रमको आयोजना गरी जानकारी दिँदैछ । महाशाखाले बिहीबारदेखि लागु हुने गरी ‘अन द स्पट’ भुक्तानी लागु गर्ने जनाएको छ । 

जरिवाना रकम तत्काल भुक्तानी गरे कागजात फिर्ता लिन सक्नेछन् ।