राष्ट्रपतिले आह्वान गरिन् संसद् अधिवेशन

राष्ट्रपतिले आह्वान गरिन् संसद् अधिवेशन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुबै सदनको अधिवेशन आह्वान गरेकी छन् । 

मन्त्रिपरिषद्को मंसिर १६ मा बसेको बैठकले गरेको सिफारिसलाई सदर गर्दै राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् । 

बिहीबार राष्ट्रपति कार्यालयद्वारा एक विज्ञप्ति जारी गर्दै यही मङ्सिर २८ गते दिनको २ बजेका लागि राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको अधिवेशन आह्वान गरेकी हुन् । 

विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरिएको छ ।’