एमाले महाधिवेशनका लागि हिँडेका युवकको शंकाष्पद मृत्यु, दुवै खुट्टा भाँचिएको अवस्थामा शव फेला

एमाले महाधिवेशनका लागि हिँडेका युवकको शंकाष्पद मृत्यु, दुवै खुट्टा भाँचिएको अवस्थामा शव फेला

सप्तरी । नेकपा एमालेको चितवन महाधिवेशनमा जान घरबाट हिँडेका सप्तरी सुरुंगा नगरपालिका– ३ का ३३ वर्षीय भगलु सदाको मृत्यु भएको छ । स्थानीय नेताहरुसँग महाधिवेशनमा जाने भनि पाँच दिन अघि घरबाट निस्किएका थिए । उनको दुवै खुट्टा भाँचिएको अवस्थामा मंगलबार घरमा शव ल्याइएको पारिवारिक स्रोतले जनाएको छ । 

महाधिवेशनकै दिन उनलाई गाडीले ठक्कर दिएपछि गम्भिर घाइते भएका सदाको उपचारका क्रममा मृत्यु भएको एमाले नेताहरुको भनाई छ ।

तर दुर्घटनाबारे जानकारी नै नदिएकाले घटना शंकाष्पद भएको पीडित परिवारको भनाई छ । उनीहरुले घटनाको सत्य तथ्य बाहिर ल्याई दोषीलाई कारवाही नगरेसम्म शव नजलाउने अडान लिएका छन् । 

सदाको मृत्यु भएपछि परिवारलाई जानकारी नदिई राति नै शव जलाउने तयारी गरिएको भएपनि राष्ट्रिय दलित मुक्ति जागरण अभियानका सदस्यरूले विरोध गरेपछि शव जलाइएको थिएन । अहिले पीडित परिवारले दोषीलाई कारबाही, क्षतिपूर्तिको मागसहित र सहिद घोषणा गर्नुपर्ने माग गरेका छन् । 

वैदेशिक रोजगारका लागि कतार जान भीसा आईसकेका सदाका  श्रीमती, एक छोरा र दुई छोरी छन् ।