कुटपीट गरी हत्या गरेकाे आरोपमा आमा–छोरी पक्राउ

कुटपीट गरी हत्या गरेकाे  आरोपमा आमा–छोरी पक्राउ

मोरङ । मोरङको कटहरीमा छोराको हत्या आरोपमा आमा–छोरी पक्राउ परेका छन् । उनीहरुले कटहरी गाउँपालिका–५ घर भएका राजेन्द्र उराउको हत्या गरेको आरोप छ । 

हत्या आरोपमा मृतककी ५५ वर्षीया आमा बातियो उराउ र ३० वर्षीया बहिनी रिता उराउलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शनिबार साँझ घरायसी विवाद हुँदा आमा र बहिनी मिलेर राजेन्द्रको हत्या गरेका थिए । बाँसको लाठीले कुटपीट गर्दा गम्भिर घाइते भएका राजेन्द्रलाई उपचारका लागि नोवेल अस्पताल बिराटनगर पु¥याईएपनि उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

राजेन्द्रले मादक पदार्थ सेवन गरेको विषयमा विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।