आन्दोलनरत वडाध्यक्षहरु काठमाडौंमा, जनकपुरमा ताला फुटाइयो

आन्दोलनरत वडाध्यक्षहरु काठमाडौंमा, जनकपुरमा ताला फुटाइयो

जनकपुरधाम । सरसफाई व्यवस्थापनको माग गर्दै आन्दोलनरत जनकपुर उपमहानगरापलिकाका वडाअध्यक्षहरु काठमाडौंमा आए ।

शनिबार जनकपुरधामबाट हिँडेकाउनीहरूले काठमाडाैंकाे माइतीघर क्षेत्रमा विरोध प्रदर्शन गर्नुका साथै सामान्य प्रशासन मन्त्रालयमा उपमहानगरपालिकाको दुरावास्थाबारे जानकारी गराउँदै ज्ञापन पत्र बुझाउन पुगेका थिए । उनीहरुले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशाेर साहको राजीनामा माग गर्दै आएका छन् ।

उनीहरु जब काठमाडौं  हिँडे, यही मौका छोपी जनकपुरधाम उपमहानगरपालिकाका मेयरले उनकाे कार्यकक्षमा लगाइएको ताला फुटाएका छन्इर । मेयर साहले वडा नं. ५, १६, १७, १४, १८, २४, ११ सहितका वडाअध्यक्षहरुलाई लगाएर  ताला फुटाएका हुन् । 

वडाध्यक्षमाथि सरसफाई कर्मचारीले दुर्व्यवहार गरेपछि असन्तुष्ट वडाध्यक्षहरूले नगरप्रमुखको कार्यकक्षमा ताला लगाउनुका साथै आन्दोलनमा उत्रिएका थिए । 

सफाई कर्मचारी तथा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७का वडा सदस्य पंकज मण्डलसँग भएको विवादका कारण सोही वडाका वडाध्यक्ष सुदर्शन सिंह, वडा ७ का वडाध्यक्ष जानकीराम साह, वडा ३ का वडाध्यक्ष दीपेन्द्र साहले नगर  प्रमुख साहको कार्यकक्षमा ताला लगाएका थिए ।

ताला फुटाएलगत्तै मेयर साहले कर्मचारीहरुलाई काममा फर्किन निर्देशन दिएका थिए । त्यसपछि वडाध्यक्षविरुद्ध आन्दोलनरत कर्मचारीहरु काममा फर्किएका थिए । 

सोमबार प्रधानमन्त्रीको कार्यालयलगायतका सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउने  तयारी छ ।