दुई सन्तानसहित आमा घरभित्र मृत फेला, प्रहरी भन्छ : घटनाबारे अनुसन्धान भइरहेको छ

दुई सन्तानसहित आमा घरभित्र मृत फेला, प्रहरी भन्छ : घटनाबारे अनुसन्धान भइरहेको छ

जनकपुरधाम । सर्लाहीमा दुई सन्तानसहित आमा घरभित्रै मृत फेला परेका छन् । बरहथवा–१ हजरिया निवासी शिव हजारीकी २६ बर्षीया पत्नी कविता घरभित्रै झुण्डिएको अवस्थामा र दुई सन्तान नजिकै भुईमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।  

कविताका ८ वर्षीया छोरी सुलोनी र ५ वर्षीय छोरा स्वागत पनि मृत फेला परेका छन् । मृतक कविताका श्रीमान् विगत चार बर्षदेखि वैदेशिक रोजगारमा छन् ।घरमा अन्य कोही नभए र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा पठाईएको छ ।