स्कुल बसले ठक्कर दिँदा वडाध्यक्षको मृत्यु

स्कुल बसले ठक्कर दिँदा वडाध्यक्षको मृत्यु

सिन्धुली । स्कुल बसले ठक्कर दिँदा सिन्धुली दुधौली नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कुमार बस्नेतको मृत्यु भएको छ । 

कांग्रेस दुधौलीका निवर्तमान सभापति समेत रहेका बस्नेतले चलाएको मोटरसाइकललाई स्कुल बसले ठक्कर दिएको थियो । दुर्घटनामा परी गम्भिर घाइते भएका उनको उपचाकार क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । 

लहानको सप्तऋषि अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।