बाबुद्वारा आफ्नै छोराछोरीमाथि एसिड प्रहार

बाबुद्वारा आफ्नै छोराछोरीमाथि एसिड प्रहार

सोलुखुम्बु । सोलुखुम्बुमा एक बाबुले आफ्नै छोराछोरमाथि एसिड छ्यापेका छन् । जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–५ का ५५ वर्षीय मोहन बराइलीले सोमबार साँझ छोराछोरीमाथि एसिड प्रहार गरेका हुन् ।

मदिराले लठ्ठ भएका बराइलीले एसिड प्रहार गर्दा २५ वर्षीय छोरा र १६ वर्षीय छोरी घाइते भएका हुन् । हाल दुबै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । एसिड प्रहारबाट घाइते भएका छोराको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

एसिड छ्याप्ने बाबुलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।