७ दिनदेखि हराइरहेकी महिला दरौदी किनारामा मृत फेला

७ दिनदेखि हराइरहेकी महिला दरौदी किनारामा मृत फेला

गोरखा । एक सातादेखि हराइरहेकी एक महिला मृत भेटिएकी छन् । गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङ मृत भेटिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार तामाङ गत कात्तिक ३० गतेदेखि हराएकी थिइन् । उनलाई सोमबार साँझ गोरखा नगरपालिका–१२ खत्रेबेँसीस्थित दरौदीखोला किनारमा मृत फेला पारिएको हो ।

तामाङको शव परीक्षणका लागि गोरखा अस्पतालमा ल्याइ थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।