शौचालयमा लडेर वडाध्यक्षको मृत्यु

शौचालयमा लडेर वडाध्यक्षको मृत्यु

बुटवल । बुटवल उपमहानगरपालिका–३ का वडा अध्यक्ष लालप्रसाद बस्यालको शौचालय जाने क्रममा लडेर मृत्यु भएको छ । 

सोमबार आफ्नै घरको शौचालयमा लडेर घाइते भएका उनलाई तत्काल उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पतालमा लगिएको थियो । तर अस्पताल पुग्नु अगावै उनको मृत्यु भइसकेकाले अस्पतालले उनलाई मृत घोषणा गरिदिएको थियो । 

७३ वर्षीय बस्याल क्यान्सरका रोगी रहेको पारिवारिक स्रोतले जनाएको छ ।