कुटाकुट हुँदा एकको मृत्यु, एक पक्राउ

कुटाकुट हुँदा एकको मृत्यु, एक पक्राउ

डोटी । डोटीमा दुई युवकबीच सामान्य विवादलाई लिएर कुटाकुट हुँदा एक जनाको ज्यान गएको छ । 

बोगटान गाउँपालिका–१ उल्टेपानी बस्ने ४९ वर्षीय धनबहादुर मगर र सोही ठाउँ बस्ने ३२ वर्षीय मिलन मगरबीच सामान्य विवाद हुँदा कुटाकुट भएको थियो । बोगटान–१ उलटेपानी बस्ने टेक बहादुर मगरको घर छाई खाना खाने क्रममा उनीहरुबीच सामान्य विवाद भएको थियो ।

विवाद झगडामा परिणत भई धनबहादुरको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । घटनापछि उपचारका लागि दीपाल लैजाने क्रममा धनबहादुरबो बाटोमै मृत्यु भएको हो । 

प्रहरी चौकी चमराचौतराबाट खटिएको प्रहरीले घटनामा संलग्न भएका मिलनलाई नियन्त्रणमा लिएको बताइएको छ ।