न्यायालय विवादबारे पार्टीमा छलफल गर्छौं : नेम्वाङ

न्यायालय विवादबारे पार्टीमा छलफल गर्छौं : नेम्वाङ

काठमाडौं । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले हाल न्यायालयमा देखिएको विवादबारे पार्टीभित्र छलफल गर्ने बताएका छन् ।

नेपाल बारले बुझाएको ज्ञापन पत्र लिँदै नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका विरुद्ध नेपाल बार एशोसिएशनले उठाएको मुद्दा गम्भीर रहेको भन्दै यस विषयमा पार्टीमा छलफल गर्ने आश्वासन दिएका छन् । 

उनले भने, ‘न्यायलय जस्तो संवेदनशील ठाउँमा यस्तो विवाद नभएको भए हुन्थ्यो, यहाँहरुले उठाएका विषय गम्भीर छन्’ उनले थपे, ‘हामी यस विषयमा पार्टीभित्र अविलम्ब छलफल गर्नेछौं ।’

यसअघि आजै नेपाल बारले सभामुख अग्नि सापकोटालाई पनि ज्ञापन पत्र बुझाएका थिए ।