प्रधानन्यायाधीशले तोके १३ इजलास, आफ्ना लागि तोकेनन् पेसी

प्रधानन्यायाधीशले तोके १३ इजलास, आफ्ना लागि तोकेनन् पेसी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आज पेसी तोकेका छन् । उनले आज १२ संयुक्त र एउटा एकल इजलासमा गरी ४५४ मुद्दामा पेसी तोकेका हुन् । उनले आफ्ना लागि भने कुनै पनि पेसी तोकेका छैनन् ।

अदालनतकाअनुसार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलास बस्नेछ । झन्डै एक महिनादेखि आन्दोलनरत नेपाल बार एसोसिएसनले आज सोमबार प्रधानन्यायाधीशलाई महाभियोग लगाएर हटाउनुपर्ने माग गर्दै प्रमुख राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउँदै छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत बारले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीसहितका दललाई ध्यानाकर्षणपत्र बुझाउन लागेको हो ।

सर्वोच्च अदालतमा धर्ना दिँदै आएको बारले अहिले आन्दोलनमा देशव्यापी बनाएको छ ।