जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

बैतडी । बैतडीमा जन्ती बोकेको जीप गएराती दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका– २ देहिमाडौंबाट जन्ती लिएर सोही नगरपालिकाको वडा नम्बर ६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको कलुवाड मोडमा दुर्घटना भएको हो ।

जीपमा सवार सात जनामध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिए । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की रहेका छन् । उनीहरु सवै स्थानीय हुन ।

४८ वर्षीय हर्कबहादुर चन्द र जीप चालक डडेल्धुराका ४० वर्षीय दीपक माली गम्भीर घाइते भएका छन् । जीप सडकबाट सात सय मिटर तल खसेको छ ।