रामदेवका दुईवटा टेलिभिजनकाे आज काठमाडौंमा उद्घाटन हुँदै

रामदेवका दुईवटा टेलिभिजनकाे आज काठमाडौंमा  उद्घाटन हुँदै

काठमाडौं । भारतीय योगगुरु रामदेवका दुईवटा टेलिभिजन काठमाडौंमा आज उद्घाटन हुँदैछन् । उक्त कार्यक्रमलार्ई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको पतञ्जली योगपिठ नेपालले जनाएको छ । रामदेव र पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्ण हिजो काठमाडौं आइपुगेका थिए । आज काठमाडौंमा हुने पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुन् उनीहरु दुई जना काठमाडौँ आएका हुन् ।

पतञ्जलीले आज हुने कार्यक्रममा दुईवटा आध्यात्मिक च्यानल लन्च गर्ने कार्यक्रम रहेको छ । रामदेवको पतञ्जली योगपीठ नेपालले ‘पतञ्जली नेपाल टिभी’ र ‘आस्था नेपाल टिभी’ सेटेलाइटबाट प्रशारण गर्नेगरी सञ्चालन गर्न लागेको हो ।


काठमाडौँमा हिजो ओर्लिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै रामदेवले भारतपछि पतञ्जलीको दोस्रो गन्तव्य नेपाल भएको बताउदै टेलिभिजनका अलावा नेपालमा रिसर्च सेन्टर र कलेज विस्तार गर्ने योजना समेत रहेको बताएका थिए ।

पतञ्जली योगपिठ नेपालका अध्यक्ष शालिग्राम सिंहका अनुसार पतञ्जलीको कार्यक्रममा स्वदेशी समृद्धि कार्ड कार्यक्रम पनि शुभारम्भ गरिने भएको छ । कार्डसहित टेलिभिजनको उद्घाटन आज शुक्रबार पतञ्जलीको कार्यालय बालुवाटारमा हुने भएको हो ।

नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्जली योगपीठ नेपालले जनाएको छ ।