रिजन दाहाल हत्या : चार जना आरोपी पक्राउ, तीन अझै फरार

रिजन दाहाल हत्या : चार जना आरोपी पक्राउ, तीन अझै फरार

मोरङ । मोरङको बुढीगंगा गाउँपालिकामा युवकको हत्या अभियोगमा चार जना पक्राउ परेका छन् । गत शनिबार साथीको भतिजीको जन्मदिन मनाउँन पुगेका २६ वर्षीय रिजन दाहालको खुकुरी प्रहार गरी हत्या गरिएको थियो ।

घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ भने अन्य तीन जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

पक्राउ पर्नेहरुमा मोरङ सुन्दरहरैंचा ७ का २१ वर्षीय विक्रम खड्का, सुन्दरहरैंचा ६ का २४ वर्षीय ईश्वर लिम्बू, २० वर्षीय सुदीप उराव र १८ वर्षीय सुदीप उराव रहेको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

धनकुटा पाख्रिवास नगरपालिका ६ का २६ वर्षीय दाहाललाई बर्थ डे समारोहमा विवाद भएपछि नजिकैको खेतमा लगेर हत्या गरिएको थियो । यस्तै दाहालका साथी कमल थापा र नानू लिम्बूमाथि पनि आक्रमण भएको थियो । उनीहरु सामान्य घाइते भएका थिए । 

खुकुरी प्रहारबाट टाउकोमा गम्भिर चोट लागेका दाहालको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । घटनापछि सबै जना फरार रहेका थिए ।