भारतीयद्वारा नेपाली युवा अपहरण

भारतीयद्वारा नेपाली युवा अपहरण

रुपन्देही । भारतीय व्यक्तिहरुको एक समूहले रुपन्देहीका एक युवालाई अपहरण गरेका छन् । जिल्लाको दक्षिणी भेगमा पर्ने रोहिणी गाउँपालिका–२ मैनिहवाका २१ बर्षीय अनिल कहारलाई भारतीय चार जनाको समूहले अपहरण गरेको परिवारको दावी छ । उनलाई मंगलबार साँझ अपहरण गरी भारततिर लगेको पनि परिवारले दावी गरेको छ । 

अनिलकी आमा सुधा कहारका अनुसार भारतीय नागरिक सञ्जय यादव, बाबुराम यादव, बेचु यादव र अनिल यादवले फोन गरेर अनिललाई दशगजामा बोलाएको र त्यहीबाट अपहरण गरी भारततिर लगेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।