प्रधानन्यायाधीश राणाले तोके आफूबाहेकको ९ इजलास

प्रधानन्यायाधीश राणाले तोके आफूबाहेकको ९ इजलास

काठमाडाैं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बुधबारका लागि ९ वटा इजलास तोकेका छन्। प्रधानन्यायाधीश राणाले आजका लागि दुई एकल र सात संयुक्त इजलास तोकेका हुन्। आज प्रधानन्यायाधीश राणाले आफ्नो लागि कुनै इजलास तोकेका छैनन्। 

बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दाको पेसी तोकिएको छ। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आएका न्यायाधीश मध्ये ४ जनाले मंगलबार बन्दी बाहेकका मुद्दाको पनि सुनुवाइ गरेका थिए। 

उता आन्दोरनरत बार एसोसिएसन र सर्वोच्च बारेले भने आजबाट आन्दोलनलाई कडा बनाउने जनाएको छ। आन्दोलनरत कानुन व्यवसायीले प्रधानन्यायाधीश राणालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै आज पनि सर्वोच्चको मूल गेटमा धर्ना दिएका छन् ।