राजीनामा नदिएका प्रदेश २ का उद्योगमन्त्री राय पदमुक्त

राजीनामा नदिएका प्रदेश २ का उद्योगमन्त्री राय पदमुक्त

जनकपुरधाम । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय पदमुक्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले राजीनामा माग्दा अटेर गरेपछि उनलाई पदमुक्त गरिएको हो ।

नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन उनलाई पदमुक्त गरिएको बुझिएको छ । मुख्यमन्त्री राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले मन्त्री रायलाई पदमुक्त गरेका छन् ।

मन्त्रालयको भागवण्डा मिलाउने उद्देश्यले मुख्यमन्त्री राउतले मन्त्री रायको राजीनामा माग गरेका थिए ।