प्रधानन्यायाधीश जबराले तोके १० इजलास, बारको धर्ना आज पनि जारी

प्रधानन्यायाधीश जबराले तोके १० इजलास, बारको धर्ना आज पनि जारी

काठमाडौं । सर्वोच्च अदालतमा आजका लागि दश इजलास तोकिएको छ।  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले दुई एकल र आठ संयुक्त इजलास तोकेका हुन्। सर्वोच्चका अनुसार प्रधानन्यायाधीश जबराले आफ्नो लागि कुनै इजलास तोकेका छैनन्।   आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ।

यसैबीच नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको आन्दोलन थप सशक्त बनाउने तयारी गरेको छ। राजीनामा दिनुको साटो  विज्ञप्ति जारी गरी वार्ताको आह्वान गरेको भन्दै आन्दोलन थप सशक्त बनाउन लागिएको एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए। 

प्रधानन्यायाधीश जबराको राजीनामाको मागबाट पछाडि फर्कने नसकिने भन्दै उनीहरुले आज पनि सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएका छन्।  केही न्यायाधीशहरूले नियमित काममा फर्कने संकेत गरेपछि बारले आज पनि न्यायाधीशहरूसँग छलफल गर्ने भएको छ।