एमालेमा हामी निस्सासियौं र विद्रोह गर्‍यौं, आँट नभएकाहरु अझै त्यही रोइरहेका छन्ः माधव नेपाल

एमालेमा हामी निस्सासियौं र विद्रोह गर्‍यौं, आँट नभएकाहरु अझै त्यही रोइरहेका छन्ः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेमा निस्सासिएका कारण विद्रोह गर्नुपरेको बताएका छन् । 

अखिल नेपाल किसान महासंघको राष्ट्रिय समितिको घोषणसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनको रक्षा गर्दै नयाँ उचाइमा पु¥याउन आफूहरु ले पार्टीमा विद्रोह गरेको धारणा व्यक्त गरे । उनले तत्कालिन अवस्थामा विद्रोह गर्ने आँट नगरेकाहरु अहिले पनि पार्टीको ढोकामा बसेर रोइरहेको टिप्पणी गरे । 

अध्यक्ष नेपालले पार्टीको समस्या त्यही बसेर समाधान गर्नुपर्ने माग आएको भएपनि आफूहरु निस्सासिएर बस्नु पर्ने बाध्यताका कारण त्यहाँबाट विद्रोह गर्नुपरेको बताए ।  

उनले पार्टी विभाजनको क्रममा आफ्नो साथ छाडेका १० नेताहरुप्रति कटाक्ष गर्दै आँट नभएकाहरु अझै ढोकामा बसेर साइरहेको टिप्पणी गरे । 
उनले भने, ‘हामीलाई एमालेमा ढोका बन्द गरियो, छिर्न दिइएन । यस्तो अवस्थामा कि त ढोका फेर्न सक्नुपर्छ कि त संघर्ष गर्ने हो ।’ उनले भने ‘केही गर्न नसक्ने आँट नभएकाहरुको अहिले स्थिती बनद ढोका अगाडि रोइकराई गरेको अवस्था छ ।’ 

पार्टीबाट विद्रोह गरेर आन्दोलनलाई नयाँ ढंगबाट अगाडि बढाएर नयाँ सोचका साथ पार्टी अगाडि बढेको उनको भनाइ छ।