लुक्दै सर्वोच्च पुगेका प्रधानन्यायाधीश राणाले गरे चार मुद्दाको सुनुवाइ

लुक्दै सर्वोच्च पुगेका प्रधानन्यायाधीश राणाले गरे चार मुद्दाको सुनुवाइ

काठमाडौं । कानुन व्यवसायीको अवरोधका बाबदुज लुक्दै सर्वाेच्च अदालत प्रवेश गरेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले एकल इजलासबाट चारवटा विवादको सुनुवाई गरेका छन् । 

सर्वोच्चको मुल ढोकामा नेपाल बार एसोसिएसनले धर्ना दिइरहेका बेला वैकल्पिक बाटो हुदै अदालत प्रवेश गरेका जबराले सोमबार १० वटा इजलास गठन गरी २९८ मुद्दाको पेसी तोकेका थिए । तर, असन्तुष्ट न्यायाधीशहरूले भने बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दा सुनुवाइ गरेका छैनन् । 

नेपाल बारले पत्र काट्दै जबराले तोकेको इजलासमा नबस्न आग्रह गरेको भएपनि न्यायाधीशहरूले भने जबराले तोकेको इजलासमा बन्दीप्रत्यक्षीकरणका रिटमा सुनवाइ गरेका छन् ।

प्रधानन्यायाधीश जबराले सोमबार आफ्नो इजलासमा पाँचवटा रिट सुनुवाइका लागि पेसी तोकेका थिए । 

लामो समयदेखि न्यायालयमा देखिएको विवाद समाधानको एउटा मात्रै उपाय प्रधानन्यायाधशीसको राजीनामा भन्दै न्यायाधीशहरु आन्दोलित छन् । प्रधानन्यायाधीश भने बैकल्पिक बाटोबाट न्यायालय छिर्दै इजलास तोक्दै आएका छन् ।