सर्वोच्चमा प्रहरी र वकिलबीच घम्साघम्सी, वार्तामा आउन प्रधानन्यायाधीशको आह्वान

सर्वोच्चमा प्रहरी र वकिलबीच घम्साघम्सी, वार्तामा आउन प्रधानन्यायाधीशको आह्वान

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको नेपाल बार एशोसिएशनले आजदेखि आन्दोलन केन्द्रीकृत गरेको छ। आज सर्वोच्चभित्र जुटेका वकिलहरुलाई प्रहरीले  बल प्रयोग गरेको छ। बल प्रयोग गर्ने क्रममा प्रहरीले वकिलहरुको माइकसमेत खोसेका थिए। 

केही समय प्रहरी र वकिलबीच घम्साघम्सी परेको थियो। कानुन व्यवसायीहले प्रधानन्यायाधीश जबरालाई कार्यकक्ष प्रवेश नदिने गरी गेटमा धर्ना बसेपछि उनी भने आज पनि वैकल्पिक बाटोबाट अदालत प्रवेश गरिसकेका छन्।

यता प्रधानन्यायाधीश जबराले आन्दोलनरत  नेपाल बार एसोसिएसन पदाधिकारी र कानुन व्यवसायीलाई संवादमा आउन आह्वान  गरेका छन्। उनले विग्रहको बाटो छोडेर संवादको मार्ग रोज्न आह्वान गरेका हुन्।

प्रधानन्यायाधीश जबराले विज्ञप्ति जारी गर्दै पारस्परिकता र हार्दिकताको क्रम जहाँबाट टुटेको छ त्यहीँबाट समाधानको सम्भावना खोज्न सकिने आश्वासन दिएका छन्।