भूपेन्द्र बडुवाल हत्याः अर्का अभियुक्त पनि पक्राउ

भूपेन्द्र बडुवाल हत्याः अर्का अभियुक्त पनि पक्राउ

कैलाली । कैलालीको टिकापुरमा भएको २३ वर्षीय युवक भूपेन्द्र बडुवालको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पनि पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेकोहरुको बयानका आधारमा घटनामा संलग्न रहेको आरोपमा लम्कीबाट विकास खड्कालाई पनि पक्राउ गरेको हो । 

प्रहीले यसअघि नै घटनामा संलग्न रहेका ८ जनालाई पक्राउपछि सार्वजनिक गरिसकेको छ । इलाका प्रहरी कार्यालय टीकापुरमा किटानी जाहेरी दर्ता भएकामध्ये अध्य ७ जना भने अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । उनीहरुको पनि खोजी कार्य भइरहेको बताए । 

गत मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिक लम्कीचुहा नगरपालिकाका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको चक्कुले हानेर हत्या भएको थियो । 

घटनापछि मुख्ययोजनाकार भनिएका नवीन रावल अझै फरार छन् भने  घटनामा संलग्न रहेको आरोपमा लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धीरज शाही, लम्कीचुहा–१ बस्ने १८ वर्षीय निशान मल्ल र २२ वर्षीय कपिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।