पूर्वसभासदविरुद्ध बाँकेमा महिला अधिकारकर्मीको प्रदर्शन

पूर्वसभासदविरुद्ध बाँकेमा महिला अधिकारकर्मीको प्रदर्शन

बाँके । बाँकेकी निर्मला कुर्मी वेपत्ता प्रकरणमा मुछिएका पूर्वसभासद बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै महिला अधिकारकर्मीहरुले बाँकेमा प्रदर्शन गरेका छन् । 

आइतबार महिला अधिकार मञ्चको अगुवाइमा उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन् । 

दोषीलाई कारवाहीको माग गर्र्दै उनीहरूले २७ कात्तिकबाट धर्ना सुरु गरेका हुन । आफ्ना माग पूरा नभएसम्म धर्ना जारी राख्ने जनाएका छन् । 

उनीहरूले निर्मला कुर्मी वेपत्ता घटनामा मुख्य आरोपी पूर्वसभासद कुर्मीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । त्यस्तै, निर्मला कुर्मी र घरेलु हिंसापीडित ननकुन्नी धोबीको घटना छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।