चोर बाटोबाट सर्वोच्च छिरे प्रधानन्यायाधीश जबरा

चोर बाटोबाट सर्वोच्च छिरे प्रधानन्यायाधीश जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अर्को बाटोबाट सर्वोच्च अदालत प्रवेश गरेका छन्। जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन शुक्रबार बिहान कानुन व्यवसायीहरू सर्वोच्चको गेटमा धर्नामा बसेपछि उनी अर्कोबाटोबाट प्रवेश गरेका हुन्।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले प्रधान न्यायाधीशले चोरबाटो प्रयोग गरेको आरोप लगाएका छन्। 'हामी कुनै आक्रामक ढंगले अगाडि बढ्दै नौं। सान्तीपूर्वक गेटमा धर्ना बसिरहन्छौ', उनले भने, 'प्रधानन्यायाधीशको यो हर्कतले हाम्रो आन्दोलन थप सशक्त हुनेछ।'

जबराको राजीनामा माग गर्दै धर्नामा बसेका कानुन व्यवसायीहरूलाई बिहीबार सुरक्षाकर्मीले बल प्रयोग गरेपछि आज प्रधानन्यायाधीशलाई गेटबाट प्रवेशमा रोक लगाउन धर्ना दिइएको नेपाल बार एसोसिएसनमा महासचिव लीलामणि पौडेलले जानकारी दिए। 

कानुन व्यवसायीको विरोधका कारण सर्वोच्च अदालत अगाडिको सडकमा आवागमनमा अवरोध भएको छ ।