सर्वोच्चको मुल गेटमा कानुन व्यवसायीहरुबीच झडप

सर्वोच्चको मुल गेटमा कानुन व्यवसायीहरुबीच झडप

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा पक्षका कानुन व्यवसायी र आन्दोलनरत कानुन व्यवसायीहरुबीच झडप भएको छ । सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिन अगाडि बढेका आन्दोलनरत कानुन व्यवसायी र प्रधानन्यायाधीश पक्षधर कानुन व्यवसायीबीच झडप भएको हो ।

आन्दोलनरत कानुन व्यवसायीहरु सर्वोच्च अदालत अगाडिको मुख्य गेटमा धर्नामा बसेका छन् । सर्वोच्च अदालत प्रवेश गर्ने भित्री गेटहरु सबै बन्द भएपछि बाहिरी गेटमा धर्ना भइहेको छ ।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशलाई गेटमै रोक्ने गरी आन्दोलन गर्दै आएको छ । राणाको राजीनामा माग गर्दै २ सातायता बार आन्दोलनमा छ ।