काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने गरी आन्दोलनको तयारी गरेको छ । बारको बिहीबारको धर्नामा प्रहरी हस्तक्षेप भएपछि विवाद उत्कर्षमा पुगेको हो।
हस्तक्षेपसँगै बारले प्रधानन्यायाधीश जबराको राजीनामा मागको आन्दोलनको स्वरूपमा परिवर्तन गरेको थियो । शुक्रबार बिहान १० बजे सर्वोच्च अदालतको मुख्य गेटबाट प्रधानन्यायाधीश जराबलाई प्रवेश गर्न नदिन धर्ना दिइने बार महासचिव लीलामणि पौडेलले बताए ।
बारले नागरिकलाई आन्दोलनमा सहयोग गर्न आह्वान गरिसकेको छ । नेपाल बार प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै चरणवद्ध आन्दोलनमा छ । उनको राजीनामा माग गर्दै न्यायाधीशहरु पनि आन्दोलनमा छन् ।