पेट्रोलमा मूल्यवृद्धि होइन, मूल्य समायोजन हो : आयल निगम तपाइहरुको बाउको बिर्ता बाँड्ने हो, व्यापार घाटा देखाउन : पञ्जा सिंह

पेट्रोलमा मूल्यवृद्धि होइन, मूल्य समायोजन हो : आयल निगम
तपाइहरुको बाउको बिर्ता बाँड्ने हो, व्यापार घाटा देखाउन : पञ्जा सिंह

काठमाडौं । नेपाल आयल निगमले बुधबार मध्यरातीदेखि लागु हुनेदेखि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेपछि त्यसको चौतर्फी विरोध भएको छ । मूल्य वृद्धिको विरोधमा प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्लासमेत दहन गरिएको छ । 

मूल्य वृद्धि फिर्ताको चौतर्फी माग भइरहेका बेला निगमले भने यो मूल्यवृद्धि नभएर मूल्य समायोजन भएको बताएको छ ।

बिहीवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पेट्रोलियम पदार्थको बढ्दो मूल्य र यसको अर्थ राजनीति विषयक संवाद कार्यक्रममा नेपाल आयल निगमका नायब प्रबन्ध निर्देशक नागेन्द्र शाहले मूल्यवृद्धि नभएर मूल्य समायोजन भएको दाबी गरे ।

उनले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र सरकारले लगाइरहेको करका कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको दाबी गरे । निगमको प्रशासनीक खर्च ०.४८ मात्रै भएको भन्दै बाँकी निगमको नियन्त्रणमा नभएको दावी गरे । 

अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले निगमलाई घाटाको व्यापार गर्न छुट नभएको बताएकी छिन । उनले घाटाको व्यापार भन्दै जनताको आँखामा छारो हाल्ने काम गर्न नपाइने बताइन् । 

उनले भनिन्, ‘तपाईंहरूको बाउको बिर्ता बाँड्ने हो यहाँ ? सहुलियतको कुरा गर्दा हात काप्ने, अहिले व्यापारको घाटा देखाउने ? अर्थराजनीति भनिएको छ – जनताको चुल्होमा बल्ने ग्यास एकैपटक ७५ रुपैयाँले बढ्छ ?’

कुनै बेला विद्युत् प्राधिकरणले १८ घण्टा लोडशेडिङ गर्दा पत्याउने नेपालीले निगमको पनि घाटाको व्यापार सुन्दा ल्याप्चे लगाइदिउँ जस्तो लागेकाे धारणा राखिन् ।

 आज समस्याहरूको समाधान पनि छ भन्ने ठाउँमा उभिएका बेला निगम घाटामा छ भनि बस्न नहुने तर्क गरिन्र । उनले भनिन्, 'आज विद्युत् प्राधिकरणले विश्व बजारमा विद्युत् बेच्दैछ । निगम अघै घाटा व्यहाेर्दै ।’

यसै क्रममा विभिन्न विदार्थी संगठनहरुले भने मूल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने माग गरिरहेका थिए । उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि निर्शत र अविलम्ब घट्नुपर्नेमा जोड दिएका थिए ।