१० लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो

१० लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो

काठमाडौं । चीनबाट १० लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ । सरकारले ‘कस्ट सेयरिङ’मार्फत किनेको सो १० लाख ५८ हजार डोज चिनियाँ कार्गो विमानमार्फत बिहीबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याईएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्था शाखाले जनाएको छ ।

यसअघि, बुधबार राति कोभ्याक्स सुविधा र स्वीट्जरल्यान्ड सरकारको सहयोगमा चार लाख ९२ हजार डोज कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोप ल्याइएको थियो ।