वामदेव गौतम माओवादी केन्द्रमा प्रवेश गर्न लागेका हुन् ?

वामदेव गौतम माओवादी केन्द्रमा प्रवेश गर्न लागेका हुन् ?

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले आफ्ना पार्टीका पूर्वउपाध्यक्ष वामदेव गौतम नेकपा माओवादी केन्द्रमा प्रवेश गर्न लागेको आशंका गरेका छन्।  

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभा सदस्य गौतमले बुधबार अमेरिकालाई अमेरिकी मिलिनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० फिर्ता लान आग्रह गर्दै विज्ञप्ति निकालेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रिय थापाले गौतमलाई माओवादी केन्द्रमा जान लागेको आरोप लगाएका हुन्। 

‘बिना हैसियत फिर्ता लिन यसरी वक्तव्य दिनु माओवादी प्रवेशको बहानाबाजी त होइन’, थापाले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘लाहुरेभन्दा गुन्टाअघि भनेको यस्तै होला१’