काठमाडौंमा चिसो बढ्यो, तापक्रम ८ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौंमा चिसो बढ्यो, तापक्रम ८ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौं । काठमाडौं उपत्यकामा दिनहुँ चिसो बढ्दै गएको छ। बिहीबार बिहान काठमाडौं उपत्यकाको तापक्रम वर्षकै कम रेकर्ड भएको छ। 

उपत्यकाको बिहीबार बिहानको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ। यो वर्षको अहिलेसम्मकै सबैभन्दा कम भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उपत्यकाको बुधबारको न्यूनतम तापक्रम ९ र मंगलबार ९ दशमलव २ डिग्री सेल्सियस मापन भएको थियो। दिनभर मौसम सफा हुने भएकाले चिसो अझै बढ्ने पूर्वामान गरिएको छ।