भोलि देखि १२ औं राष्ट्रिय जनगणना सुरू, राष्ट्रपतिबाट सुरु गरिने

भोलि देखि १२ औं राष्ट्रिय जनगणना सुरू, राष्ट्रपतिबाट सुरु गरिने

काठमाडौं । भोलिदेखि देशभर राष्ट्रिय जनगाणना सुरु हुँदैछ । नेपालको १२ औं राष्ट्रिय जनगणनाका लागि गणकहरु घर–घरमा पुगेर तथ्यांक संकलन गर्नेछन् । 

कात्तिक २५ देखि सुरु हुने उक्त गणना मंसिर ५ सम्म संचालन हुनेछ । 

भोलि बिहान साढे ९ बजे राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो गणना गरिने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । त्यस्तै राष्ट्रपतिको गणना सकिएलगत्तै ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको र १ बजे उपराष्ट्रपति नन्दबहादुर पुनको गणना गरिनेछ ।

पहिलो चरणको घर तथा घरपरिवार सूचीकरण कार्यमा सूचीकृत भएका तथा छुटेकाहरुलाई समेत समावेश गरी सबै परिवारको व्यक्तिगत विवरण संकलन हुने विभागले जनाएको छ । 

जनगणनाका लागि देशैभर करिब ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षकहरू परिचालन हुनेछन् ।