अनावश्यक शुल्क नलिन बैंकरलाई गभर्नर अधिकारीको निर्देशन

अनावश्यक शुल्क नलिन बैंकरलाई गभर्नर अधिकारीको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूलाई संयमित भएर कर्जा लगानी गर्न आग्रह गरेका छन् । नेपाल बैंकर्स संघको ३५औँ साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले ब्याजदर समायोजन गरेर बैंकिङ प्रणालीलाई स्थिरता दिन आग्रह गरेका हुन् ।

‘हामी पनि सहजकर्ताको भूमिकामै सीमित रहन चाहन्छौँ,’ उनले भने, ‘एउटा संस्थामा समस्या परे समग्र प्रणालीमै समस्या पर्छ, त्यसैले संयमित भएर कर्जा लगानी र ब्याजदर समायोजन गर्दै प्रणालीलाई स्थिरता दिँदै जानुहोस् ।’

अधिकारीले बैंकहरूले मध्यस्थकर्ताका रूपमा लिने शुल्क कमभन्दा कम बनाउन, जोखिममा परिवर्तन नभई कर्जाको प्रिमियममा फेरबदल नगर्न र घुमाइफिराई विभिन्न शुल्क लिने काम बन्द गर्नसमेत निर्देशन दिएका हुन् ।