कैदीबन्दीबीच झडप, १४ जना घाइते

कैदीबन्दीबीच झडप, १४ जना घाइते

विराटनगर । मोरङको कारागारमा कैदी बन्दीहरुबीच झडप हुँदा १४ जना घाइते भएका छन् । 

कारागारका चौकीदार किरण गुरुङ र भाइनाइकेहरुले यातना दिएको भन्दै सुरु भएको विवादले झडपको स्थिती सिर्जना भएको थियो । घटनामा ६ जनालाई चोट लागेको छ ।

चौकिदार गुरुङ सहित ६ जनाको कोशी अस्पतालमा उपचार भइरहेको प्रदेश १ का प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक अरुण कुमार बिसीले जानकारी दिए । घटनामा अन्य सामान्य घाइते बनेको प्रहरीले जनाएको छ । 

कारागारभित्र झडप भएपछि स्थिति नियन्त्रणमा लिन धेरै संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो । 

क्षमता भन्दा बढी संख्यामा कैदीबन्दी राखिएकाले उक्त कारागारमा पटक पटक झडप हुँदै आएको छ । ९ सय ७२ जना कैदीबन्दी रहेका छन्, जसमा ७२ जना महिलाहरु रहेका छन् ।