न्यायायपालिकामा देखिएको समस्या चाँडै सुधार हुनेछः गृहमन्त्री खाण

न्यायायपालिकामा देखिएको समस्या चाँडै सुधार हुनेछः गृहमन्त्री खाण

जनकपुधाम । गृहमन्त्री बालकृष्ण खाणले हाल न्यायापालिकामा देखिएको समस्या चाँडै समाधान हाेस् भन्ने सरकारको चाहना भएको बताएका छन् ।

कार्यकर्ता भेला तथा सुरक्षा समितिको बैठकमा सहभागी हुन जनकपुर पुगेका गृहमन्त्री खाणले आयोजित एक कार्यक्रममा न्यायापालिका, कार्यपालिका र व्यवस्थापिका भनेको स्वतन्त्र रहेको भन्दै त्यसले स्वतन्त्रता पूर्वक नै काम गर्दै आएको दावी गरे । उनले न्यायापालिकामा देखिएको विवाद पनि चाँडो भन्दा चाँडो समाधान हुने विश्वास व्यक्त गरे । 

मन्त्री खाणले आम जनताको जीवन रक्षा नेपाल सरकारको पहिलो प्राथमिकता भएको भन्दै त्यसप्रति गम्भिर भएर लागेको बताए । उनले हाल सुरक्षा व्यवस्थालाई थप गरेकाे भन्दै त्यसकाे सुधारका लागि पनि सरकार प्रयत्नशील रहेकाे बताए ।

उनले जनताले कुनै पनि स्थानमा स्वतन्त्र भएर बाँच्न पाउनुपर्ने अधिकारकाे सुनिश्चितताका लागि सरकार क्रियाशील रहेको दावी गरे । 

त्यस्तै उनले नेपाली काँग्रेसको महाधिवेशनले अन्य पार्टीलाई पनि प्रभाव पार्ने दावी गरे । उनले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएको भन्दै यसका विभिन्न गतिविधिहरुले मुलुकका अन्य पार्टीलाई पनि प्रभाव पार्ने दावी गरे ।