काठमाडौंको बिजुलीबजारमा गुडिरहेको गाडीमा एकाएक आगो लाग्यो

काठमाडौंको बिजुलीबजारमा गुडिरहेको गाडीमा एकाएक आगो लाग्यो

काठमाडौं । सोमबार बिहान राजधानीको बिजुलीबजारमा गुडिरहेको एक गाडीमा अचानक आगलागी हुन पुगेको छ ।  तरकारी बोकेको बा१ज ९१९५ नम्बरको भ्यानमा अचानक आगलागी भएको हो ।

पेट्रोल लिक भएर वा तार सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीको भनाइ छ । आगलागीबाट गाडीको सिटलगायतका भित्रि भागमा क्षति पुगेको छ । 

आगलागी भएसँगै आगो स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको थियो । आगो चाँडै नियन्त्रणमा लिएकाले कम क्षति भएको काठमाडौं प्रहरीले जनाएको छ ।