प्रधानन्यायाधीश राणाविरुद्ध थप आन्दोलनको घोषणा गर्दै बार एसोसिएसन

प्रधानन्यायाधीश राणाविरुद्ध थप आन्दोलनको घोषणा गर्दै बार एसोसिएसन

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने भएको छ। यसअघिको अल्टिमेटमअनुसार जबराले पदबाट राजीनामा नदिएको भन्दै बारले आइतबार थप आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको हो। 

बारले प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिए तिहारपछि थप आन्दोलन गर्ने घोषणा यसअघि नै गरेको थियो। आज आज  देशभरका ९० वार इकाइसँग भर्चुअल छलफल गरेर राणाको राजीनामाका लागि देशभर आन्दोलनको घोषणा गरिने नेपाल बारले जनाएको छ। 

आजको बैठकमा राणाविरुद्व सडक आन्दोलनदेखि देशभरका अदालतमा बहस वहिष्कारसम्मका अजेन्डामा छलफल हुने जनाइएको छ। यसअघि बारले विभिन्न चरणमा सर्वोच्च अदालतमा कालो पट्टी बाँधेर प्रधानन्यायाधीश जबराविरुद्ध प्रदर्शन गरेका थिए।