तिहारमा मौसम कस्तो रहला ? हेर्नुहोस् आगामी ३ दिनको मौसम पूर्वानुमान

तिहारमा मौसम कस्तो रहला ? हेर्नुहोस् आगामी ३ दिनको मौसम पूर्वानुमान

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज बुधबार  देखि तीन दिनसम्म मौसम कस्तो रहला भन्ने सम्भावित विवरण सार्वजनिक गरेको छ। 

महाशाखाले आज बिहान ६ बजे प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशको पहाडी तथा हिमाली भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा छ। 

यस्तो छ, तीन दिनको मौसम अनुमान
बुधबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागका  एक  वा  दुई  स्थानमा हल्का हिमपातको सम्भावना छ। राति देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका  एक  वा  दुई  स्थानमा हल्का हिमपातको सम्भावना छ।

बिहीबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी भूभागका  एक वा दुई स्थानमा हल्का वर्षाको  सम्भावना छ भने प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका  एक  वा  दुई  स्थानमा हल्का हिमपातको सम्भावना छ। राति देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका  एक  वा  दुई  स्थानमा हल्का हिमपातको सम्भावना छ।

शुक्रबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका  एक  वा  दुई  स्थानमा हल्का हिमपातको सम्भावना छ। राति देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका  एक  वा  दुई  स्थानमा हल्का हिमपातको सम्भावना छ।